थप ७६ जनामा कोरोना संक्रमण

Byपहिलो सुचना

२०८० बैशाख २३, शनिबार १७:३४ २०८० बैशाख २३, शनिबार १७:३४ २०८० बैशाख २३, शनिबार १७:३४

बैशाख २३, काठमाडौं । म नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

शनिबार २६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ५५ पीसीआर तथा १ हजार ५४८ एन्टिजेन परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook