पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ

Byपहिलो सुचना

२०८० बैशाख २३, शनिबार ०७:४० २०८० बैशाख २३, शनिबार ०७:४० २०८० बैशाख २३, शनिबार ०७:४०

बैशाख २३, काठमाडौं । नेपाल प्रहरीले  पाँचसय र एक हजार रूपैयाँको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ।

पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट एक सय २६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, पिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक चार थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रासम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook