गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

Byपहिलो सुचना

२०८० बैशाख २०, बुधबार १०:३३ २०८० बैशाख २०, बुधबार १०:३३ २०८० बैशाख २०, बुधबार १०:३३

बैशाख २०, गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ। 

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्।

डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्। 

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्। डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook