स्तरोन्नति भएन थानकोट–चित्लाङ सडक खण्ड

Byपहिलो सुचना

२०७९ चैत्र २९, बुधबार १२:२७ २०७९ चैत्र २९, बुधबार १२:२७ २०७९ चैत्र २९, बुधबार १२:२७

चैत २९, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।

काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौंबाट जाने सडक ट्र्याक खुलेर कटिङमात्र गरिएको छ । 

‘ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन’, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने ।

बल्खुबाट फर्पिङ हुँदै हेटौंडातर्फ निर्माण भइरहेको छ। यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो । 

थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट छ किमी काठमाडौंसम्म सडक बिग्रिएको छ ।

मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ ।

चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तरोन्नतिमा समस्या भइरहेको छ ।

गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो ।

अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने  इञ्जिनियर पौडेलले जानकारी दिए ।

थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook