चैत १७, दोलखा । स्थानीय प्रशासन ऐन २०२८ को संसोधन ऐन २०७२ अनुसार सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी वा क्षति पुर्याएमा प्रमुख जिल्ला अधिकारीले कसुरको प्रकृति हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो निजबाट भराउन सक्ने व्यवस्था गरिएको छ ।
तर शैलुङ गाउपालिका २ भुषाफेदा दोलखामा भने सो ऐनको धज्जी उडाउदै सार्वजनिक सम्पत्ति तोडफोड र कर्मचारीलाई हातपात गर्दै कार्यलाय छाड्न धम्कि समेत दिएका व्यक्तिलाई सामान्य छलफल गरेको भरमा छुट दिएको छ ।
स्थानिय तहमा गैर कानुनी, र जवरजस्ती रुपमा क्रसर उद्योग सञ्चालन गरेपछि सुरु भएको विवाद यतिखेर छतछुल्ला हुँदै वडाकार्यलायको भौतिक सम्पत्ति तोडफोड र कर्मचारीहरुलाई हातपात गर्दै कर्मचारीलाई कार्यलाय छोड्न र नछाडे संघातिक हमला गर्ने धम्की समेत दिएको थियो ।
गत सोमबार शैलुङ गाउपालिका २ भुषाफेदा नविन मा वि मा करारमा कार्यरत शिक्षक फुर्व दोर्जे तामाङले सोहि पालिका वडा -२ भुषाफेदा वडा कार्यलाय प्रवेश गरि तोडफोड र वितण्ड मच्चाउदै सो धम्की दिएका थिए । उनले वडाकार्यलायको कम्प्युटर, कुर्सि, टेवल लगायत महत्वपुर्ण सामग्रीहरु तोडफोड गर्दै करिव १ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको कार्यलाय सहयोगी सलिना तामाङले बताइन् । कर्मचारीलाई हातपात समेत गरेका उनले कार्यालाय छोड्न र कार्यलाय नछाडे जे पनि हुनसक्ने भन्दै धम्की समेत दिएको सार्वजनिक गरेको भिडियो क्लिपबाट प्रष्ठ हुन्छ ।
घट्न घटेको ५ दिन पछि वडा अध्यक्ष तिर्थ श्रेष्ठ, गाउँपालिका अध्यक्ष रिमालबावु श्रेष्ठ, जिल्ला समन्वयन समितिका प्रमुख वर्जुराम घतानी र विभिन्न दलका नेताको उपस्थितिमा कानुनीउपचारमा जानुको साटो गुपचुप राखि सामन्य छलफल गरेको भरमा मिलाएको छ ।
घटना के थियो ?
मुडे मेलुङ सडकखण्डा यतिखेर कालोपत्र गर्ने अन्तिम तयारीमा छ । शुभकामना कन्ट्रक्सन प्रा.लिले करिव ४ वर्ष पहिले ठेक्का पाएको सो सडक निर्माणको काम म्याद सकेर पनि पटकपटक थप गरि अहिले अन्तिम चरणको काम भइरहेको छ । कालोपत्र गर्दा चाहिने गिट्टीस्थानिय तहबाट नै जुटाउने भनेर ठेगदार इश्वर बास्कोटले स्थानिय क्षेत्रमा खोजी गर्दै हिडे ।
सामान्यतय क्रसर उद्योग सञ्चालनको लागि जिल्ला प्रशासन, जिल्ला वन कार्यालय, भु-संरक्षण तथा वातावरण विभाग, गाउँपालिका र वडा कार्यलायबाट अनुमति लिनुपर्छ तर ठेगेदारले भने शैलुङ गाउँपालिकाको अध्यक्ष रिमालबाबु श्रेष्ठसँगको मौखिक सहमतिमा कुनै पनि तहमा अनुमति नलिई स्थानीयबासीसँग सामान्य छलफल समेत नगरि दादागिरि शैलिमा गत मंसिरमा शैलुङ-२ भुषाफेदा पोर्सावमा क्रसर सञ्चालन गरेका थिए । सो ठाउँमा क्रसर सञ्चालनको लागि ठेगेदारले सोहि ठाउँमा बस्ने शिक्षक फुर्व धोर्जे तामाङ लगायतको टोलिलाई ८ लाख रुपैयाँ बुझाएको र उनीहरुले क्रसर सञ्चालन गर्ने ठाउँ उपलब्ध गराउने र स्थानिय रुपमा सुरक्षा समेत प्रदान गर्ने भनेर सहमति भएको जानकारी सो प्रोजेक्टका सुपरभाइजर अर्जुन तामाङले बताए ।
सञ्चालन गरेको क्रसरले गाउँमा असर गर्ने, वातावरण खल्बलाउने र भुक्षय समेत हुनसक्ने भन्दै स्थानियले क्रसर सुरु भए देखि नै विरोध गरेपनि गुन्डागर्दि शैलिमा उद्योग सञ्चालन गरिरहे । स्थानीयबासीले वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासनसम्म हारगुहार गरेका थिए । प्रमुख जिल्ला अधिकारी शेखर पौडेलसँग बसेको स्थानीयबासी र बुद्धिजिबीहरुको छलफल निष्कर्षमा पुग्ननसकेपछि जिल्ला समन्वयन समिति गुहार्न पुगेका स्थानियले समन्वय समितिका प्रमुख वर्जुराम घतानीसँगको छलफलबाट जिल्लाभरी सञ्चालनमा रहेको सबै क्रसर उद्योगलाई कानुनबमोजिम सञ्चालन भए मात्रा सञ्चालन गर्न दिने नभए बन्द गर्न स्थानिय वडा कार्यलायको निर्णय आधिकारिक हुने भन्दै कानुन बमोजिम गर्नु भन्ने आदेश दिए ।
जिल्ला समन्वयन समितिको आदेश अनुसार भुषाफेदा वडा कार्यलायको वडा समितिको बैठकले क्रसर सञ्चालन गर्न चाहिने सम्पूर्ण प्रक्रिया पुरा गरेपछि क्रसर सञ्चालन गर्न दिने र तुरुन्त सञ्चालकलाई प्रक्रिया पुर्याउनु भनेर सार्वजनिक सूचना जारि गर्दै पटकपटक ताकेता गरे तर पालिका अध्यक्ष र राजनीतिक संरक्षण पाएका ठेगेदारले सूचनाको अवज्ञा गर्दै न त क्रसर बन्द गरे न त दर्ता प्रक्रियामा नै आए । ठेगेदारले कुनै प्रतिक्रिया नदिएपछि वडा समितिको पुन बसेको बैठकले क्रसर बन्द गर्ने निर्णय गर्दै सार्वजनिक सूचना जारि गरे । तर तामाङ सहितको टोलि भने यथावत् अवस्थामा क्रसर सञ्चालन गर्न दिनुपर्ने पक्षमा थिए । वडा कार्यलायले अबैध रुपमा सञ्चालित क्रसर बन्द गर्ने सूचना सार्वजनिक भएपछि आक्रोशित बनेका शिक्षक तामाङले सो निर्णयको बिरोधमा कार्यालयको तोडफोड गरेका थिए ।
ठेगेदार बास्कोटाले पटकपटक स्थानीय तहका राजनीतिक दल र प्रतिनिधिहरुको मिलेमतोमा सो क्षेत्रका सार्वजनिक सम्पतिहरुको पटकपटक दोहन गर्दै आइरहेका छन् । २०७६/०७७ मा पनि लाङ्थपा समुदायिक वनको हजारौ रुख फडानी गरि ढुंगा उत्खनन गरि निशुल्क लागेका थिए । स्थानियवासीले विरोध गरेपछि उनले बन्दे गरेका थिए ।
