अमेरिकाको एक विद्यालयमा गोली चल्दा छ जना मारिए

Byपहिलो सुचना

२०७९ चैत्र १४, मंगलवार १२:३५ २०७९ चैत्र १४, मंगलवार १२:३५ २०७९ चैत्र १४, मंगलवार १२:३५

चैत १४ नासभिल,टेनेसी । यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ ।

आक्रमणमा नौ वर्षका तीन जना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीन जना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेललाई पनि प्रहरीले कारबाहीमा मारेको छ ।

तीन देखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिश्चियन स्कुल हो ।

गत वर्ष टेक्सासको उभाल्डेमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको आम नरसंहारको घटना सेलाउन नपाउँदै भर्जिनियाको अर्को विद्यालयका कक्षा एकमा पढ्ने बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका थिए । गत साता डेनभरमा पनि विद्यालयमा भएको गोलीकाण्डमा दुई जना घाइते भएका थिए ।

गोलीकाण्डबाट आहत हुनुभएका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाविरुद्धको अभियानलाई पूर्णता दिन अमेरिकी विधायकलाई पुनः आह्वान गर्नुभएको छ । (रासस/एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook