खुकुरी प्रहार गरी वृद्धको हत्या

Byपहिलो सुचना

२०७९ चैत्र १४, मंगलवार १३:५३ २०७९ चैत्र १४, मंगलवार १३:५३ २०७९ चैत्र १४, मंगलवार १३:५३

चैत १४, काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । 

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो । 

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । 

नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए ।

घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको डीएसपी पराजुलीले बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook