ताप्लेजुङमा भरूवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय पुरूषको मृत्यु 

Byपहिलो सुचना

२०७९ चैत्र १४, मंगलवार ११:०० २०७९ चैत्र १४, मंगलवार ११:०० २०७९ चैत्र १४, मंगलवार ११:००

चैत १४, फुङ्लिङ । सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ। 

५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। 

उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए।  

सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए।  

घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook