अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

Byपहिलो सुचना

२०७९ चैत्र ११, शनिबार १५:११ २०७९ चैत्र ११, शनिबार १५:११ २०७९ चैत्र ११, शनिबार १५:११
Kathmandu Metropolitan City Office

चैत ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले आज (शनिबार) सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook