तीन लाख धरौटी बुझाएर छुटे डाक्टर चौधरी 

Byपहिलो सुचना

२०७९ चैत्र १०, शुक्रबार १६:१९ २०७९ चैत्र १०, शुक्रबार १६:१९ २०७९ चैत्र १०, शुक्रबार १६:१९

चैत १०, महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन्। 

बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। सोही अनुसारको रकम बुझाएर चौधरी आज जेलमुक्त भएका हुन्। 

दाइजोका कारण आफूमाथि घरेलु हिंसा गरेको भन्दै पत्नी नेहा चौधरीले डाक्टर चौधरी र उनका परिवारविरूद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी थिइन्। मुद्दाको प्रारम्भिक सुनुवाइ गदै जिल्ला अदालतले पुस २२ गते चौधरी र उनका ६० वर्षीय बुवा रामप्रवेश चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

जिल्ला अदालतको आदेशविरूद्ध चौधरी उच्च अदालत पुगेका थिए। जलेश्वर कारागारमा रहेका उनी उच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन्। 

तीन वर्षको प्रेमसम्बन्धपछि ०७८ फागुन २५ गते पंकज र नेहाले विवाह गरेका थिए। विवाहका लागि पंकजले आफ्नो माइती पक्षबाट एक करोडभन्दा बढी लिएको नेहाले बताउँदै आएकी छन्।  त्यसपछि पनि दाइजोबापत् काठमाडौंमा घर नकिनिदिएको भन्दै पंकजका परिवारले आफूमाथि शारीरिक र मानसिक हिंसा गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्।
    
पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो करियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन्।
    
बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डाक्टर चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरी भने अझै जेलमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook