कांग्रेस संसदीय दलको बैठक बस्दै

Byपहिलो सुचना

२०७९ चैत्र ५, आईतवार ०९:०८ २०७९ चैत्र ५, आईतवार ०९:०८ २०७९ चैत्र ५, आईतवार ०९:०८

चैत ५, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १० :३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook