त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसंघको माग

Byपहिलो सुचना

२०७९ चैत्र ५, आईतवार ०७:४० २०७९ चैत्र ५, आईतवार ०७:४० २०७९ चैत्र ५, आईतवार ०७:४०

चैत ५, काठमाडौं । त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न नेविसंघले माग गरेको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरी स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

‘त्रिचन्द्रमा स्ववियु  निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसंघ खेद प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसंघको भनाइ छ ।

साथै नेविसंघ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक सन्तोष उपाध्यायले अपराधिक घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook