आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

Byपहिलो सुचना

२०७९ फाल्गुन २७, शनिबार १३:३७ २०७९ फाल्गुन २७, शनिबार १३:३७ २०७९ फाल्गुन २७, शनिबार १३:३७
Fire

फागुन २७, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरका ६ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो।

रामबहादुरको माटो र ढुंगाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए।

‘हामी दुवै जना सडक निर्माणका लागि गएका थियौं, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो,’ मृतकका बुबा रामबहादुर मगरले भने।

स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए। उनीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन्। 

आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो। घटनास्थल सदरमुकामबाट करिब ४५ किलोमिटर र भुट्टारबाट छ किलोमिटर टाढा रहेको छ। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook