यातायात कार्यालय एकान्तकुनाको सेवा बिहान ८ बजेदेखि सुरू गर्ने तयारी

Byपहिलो सुचना

२०७९ फाल्गुन २४, बुधबार १५:१७ २०७९ फाल्गुन २४, बुधबार १५:१७ २०७९ फाल्गुन २४, बुधबार १५:१७

फागुन २४, काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ।

कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।

बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाइनमा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। ‘लाइनमा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्,’ उनले भने।

बिहानदेखि सेवा सुरु गर्नेबारे अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाइनमा बस्ने गरेको उनले बताए। 

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook