प्रदेश १ काे नामकरण प्रस्ताव गर्ने तयारी

Byपहिलो सुचना

२०७९ फाल्गुन १७, बुधबार १०:१८ २०७९ फाल्गुन १७, बुधबार १०:१८ २०७९ फाल्गुन १७, बुधबार १०:१८

फागुन १७, काठमाडौं । प्रदेश १ काे नामकरण बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएकाे छ ।

विभिन्न कारणले पहिलो कार्यकालमा हुन नसकेको प्रदेश १ को नामकरण दोस्रो कार्यकालको पहिलो अधिवेशनमा टुंगो लगाउने प्रयास गरेको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले आन्तरिक सहमति गरेर प्रदेशकाे नाम ´काेसी´ प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएकाे प्रदेशसभा सचिवालय स्राेतले जनाएकाे छ ।

संविधानअनुसार प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदकाे समर्थन हुनुपर्ने व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook