फागुन १३, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।
उनकाअनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ ।
