एकैसाथ १३ हात्तीमिक्लाजुङ गाउँ पसे

Byपहिलो सुचना

२०७९ फाल्गुन ९, मंगलवार १६:५६ २०७९ फाल्गुन ९, मंगलवार १६:५६ २०७९ फाल्गुन ९, मंगलवार १६:५६

फागुन ९, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् ।

हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । 

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्‍याएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर  स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्‍याएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook