फागुन ७, पोखरा । कास्कीको पोखराको डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।
ग १ ख ६७४७ नम्बरको बस आइतबार दिउँसो बेगनास-पोखरा सडकखण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा ४० जनाजति यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
