फागुन ४, काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बिहीबार साझ ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको उनले बताए ।
मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।
दुर्घटनापछि बसका चालक फरार भएका छन् । प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ ।
