अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा तीन जना मारिए

Byपहिलो सुचना

२०७९ फाल्गुन २, मंगलवार १५:३६ २०७९ फाल्गुन २, मंगलवार १५:३६ २०७९ फाल्गुन २, मंगलवार १५:३६
Gun shot

फागुन २, सिकागो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए ।

यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ । चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो । आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook