यातायात मजदुरले फिर्ता लिए बन्द, चल्ने भयो सार्वजनिक सवारीसाधन

Byपहिलो सुचना

२०७९ फाल्गुन २, मंगलवार ११:३९ २०७९ फाल्गुन २, मंगलवार ११:३९ २०७९ फाल्गुन २, मंगलवार ११:३९

फागुन २, काठमाडौं । यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन् ।

‘उहाँहरु बन्द फिर्ता लिन सहमत हुनु भएको छ। अहिले सम्झौताको ड्राफ्ट बन्दैछ।,’ मन्त्रालयका एक अधिकारीले भने,’एक छिनमा सम्झौता हुन्छ । बन्द फिर्ता भइसक्यो ।’

उनका अनुसार सवारी जलाउने, ल्होत्से बहुउदेश्यीय संस्थाको भवनमा तोडफोड गरेर मोबाइल लगायका सामान चोरी,डकैतीमा व्यक्तिहरुलाई कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा अहिले यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि कमिटी बनेको छ । उक्त कमिटीले मंगलबारबाटै काम थाल्ने र यहि फागुन ११ गतेभित्र प्रतिवेदन दिनेछ । उक्त प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सहमति हुन लागेको बताइएको छ ।

नयाँ बसपार्कको विवाद समाधानका लागि ल्होत्से बहुउदेश्यीयका प्रतिनिधी, यातायात मजदुर, व्यवसायी, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिकाका प्रतिनिधी सहितको बैंठक बसेर टुङग्याउने सहमती गर्न लागिएको छ ।

यातायात मजदुर संगठनहरुले विभिन्न माग काठमाडौं उपत्यकामा सवारी आवागमन ठप्प पारेका छन् । ट्राफिक नियमको विरोध गर्दै सुरु भएको आन्दोलनले सोमबार उग्र रुप लिएको थियो । यातायात मजदुरहरुको प्रदर्शनसँगै बालाजु-गोंगबु क्षेत्रमा तोडफोड र लुटपाट समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook