मङलबारदेखी उपत्यकाको सार्वजनिक यातायात बन्द गर्ने यातायात मजदुरको घोषणा

Byपहिलो सुचना

२०७९ फाल्गुन १, सोमबार १८:१२ २०७९ फाल्गुन १, सोमबार १८:१२ २०७९ फाल्गुन १, सोमबार १८:१२

फागुन १, काठमाडौं । यातायात मजदुरले भोलिदेखि (मङलबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् । 

सोमबार साँझ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । र उनीहरुको दश बुदे माग पूरा नभएसम्म उपत्यकाको सम्पुर्ण सार्वजनिक यातायातहरु बन्द गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook