पाँचौ पटक पनि सारियो कांग्रेस महाधिवेशनको मिति

Byपहिलो सुचना

२०७८ श्रावण ३०, शनिबार १९:२९ २०७८ श्रावण ३०, शनिबार १९:२९ २०७८ श्रावण ३०, शनिबार १९:२९

साउन ३०, काठमाडौं । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन पुन सारेको छ । शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आउदो मंसिर ९ गतेदेखि १३ गतेसम्म सम्मको लागि स्थगित गरेको हो । महाधिवेशन काडमाडौँमा हुनेछ।

यो सहित नेपाली कांग्रेसको महाधिवेशनको मिति स्थगित गरेको ५ पटक पुगेको छ । यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो।

परिमार्जित तालिका अनुसार अब वडास्तरको अधिवेशन भदौ १८ गते हुनेछ। गाउँ र नगरको अधिवेशन भदौ २७ गते हुनेछ। यस्तै प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको असोज ५ र जिल्ला अधिवेशन असोज १० गते हुनेछ।

संविधान र कांग्रेसको विधान अनुसार आउँदो भदौ २३ भित्र कांग्रेसको महाधिवेशन भइसक्नुपर्ने हुन्छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवा नेतृत्वले पटक-पटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन हुन सकेको छैन। कांग्रेसको विधान अनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो।

यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइयो। उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook