नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Byपहिलो सुचना

२०७९ माघ २०, शुक्रबार १३:२४ २०७९ माघ २०, शुक्रबार १३:२४ २०७९ माघ २०, शुक्रबार १३:२४

माघ २०, तनहुँ । नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । 

मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए ।

विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ ।  

आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण गर्न भने बाँकी छ । आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन् । 

विसं २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेशी चढेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook