राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

Byपहिलो सुचना

२०७९ माघ ५, बिहीबार १६:०८ २०७९ माघ ५, बिहीबार १६:०८ २०७९ माघ ५, बिहीबार १६:०८

माघ ५, काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उक्त विधेयकसभासमक्ष पेस गरेकी हुन् ।

मन्त्री पौड्यालले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरूरी भएको बताइन् ।

उनले मुलुकको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारिन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । 

बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दीगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook