माघ ४, लम्की । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको हालै भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको लागि महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरूले हत्या गरेको मृतककी आमा पार्वतीले बताएकी छन् ।
छोराको बीभत्स हत्या गरिएको भन्दै आमाले वावनपुर घर भई हाल आलिबागमा बस्दै आएका चार व्यक्तिको नाममा किटानी जाहेरी दिएकी छन् । माघ १ गते महाराष्ट्र राईगढको आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् । (रासस)
