हिँड्दाहिँड्दै पर्यटकको मृत्यु

Byपहिलो सुचना

२०७९ माघ २, सोमबार २१:४५ २०७९ माघ २, सोमबार २१:४५ २०७९ माघ २, सोमबार २१:४५

माघ २, मनाङ । मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएकी एक पर्यटकको मृत्यु भएको छ।

कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार उनी कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ।

‘जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वबिना आउँदा अप्रिय घटना हुने गरेको छ। पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook