मगर समुदायले मनाए अमेरिकामा माघे संक्रान्ती

ByGyan Kaji Tamang

२०७९ माघ १, आईतवार २०:१९ २०७९ माघ १, आईतवार २०:१९ २०७९ माघ १, आईतवार २०:१९

माघ १ ,क्यालिफोर्निय अमेरिका । अमेरिकामा बसोबास गर्ने मगर समुदायले आफ्नो मौलिक पर्व माघे संक्रान्ती मनाएका छन् । “जहाँ बसे पनि जहाँ पुगे पनि नभुल्नु आफ्नो भाषा नभुल्नु आफ्नो सँस्कृती । संस्कृति बिर्से परिचय हराउछ अनि परिचय हराए आफै हराउछ ।” भन्दै अमेरिकाको क्यालिफोर्नियामा उनीहरुले माघे संक्रान्ती धुमधामले मनाएका छन ।

शनिवार अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियाको सनपाव्लोमा आयोजित कार्यक्रममा आफ्नो मौलिक कला र संस्कृतिक प्रदर्शनी गरेर सम्पन्न गरेका हुन् । मगर सोसाइटी अफ नर्थदेन क्यालिफोर्नियाद्वारा आयोजित उक्त कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा पठाएको शुभकामना सन्देश वाचन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा मगर समुदायको मौलिक र साँस्कृतिक कार्यक्रमहरु सोरठी, नचरी, झोरा, सुनिमायां, यानिमायां, मुच भाखा, ठाडो भाखा, झयाउरे, सालैजो, जीउ मामै र कौह्रा आदि नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook