६८ यात्रु लिएर उडेको यतीको जहाज पोखराको सेती खोँचमा खस्यो

Byपहिलो सुचना

२०७९ माघ १, आईतवार ११:५८ २०७९ माघ १, आईतवार ११:५८ २०७९ माघ १, आईतवार ११:५८

माघ १, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

यती एयरलाइन्सका अनुसार ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको छ ।

थप विवरण प्राप्त हुन सकेको छैन । स्थानीयहरुले दुर्घटनाक्षेत्रमा आगो लागिरहेको बताएका छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook