मधेस प्रदेशमा माओवादी संसदीय दलको नेतामा साह निर्वाचित

Byपहिलो सुचना

२०७९ पुष २९, शुक्रबार १३:१५ २०७९ पुष २९, शुक्रबार १३:१५ २०७९ पुष २९, शुक्रबार १३:१५

पुस २९, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन् । आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए ।  

सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नुपरेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरेको जनाइएको छ ।  माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई जना निलम्बनमा छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook