लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण

Byपहिलो सुचना

२०७९ पुष २८, बिहीबार ०९:४२ २०७९ पुष २८, बिहीबार ०९:४२ २०७९ पुष २८, बिहीबार ०९:४२

पुस २८, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउनेछन् । 

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक/एक  मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए । 

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उनले भने, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook