प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको भेट

Byपहिलो सुचना

२०७९ पुष २७, बुधबार ०९:५६ २०७९ पुष २७, बुधबार ०९:५६ २०७९ पुष २७, बुधबार ०९:५६

पुस २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook