भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

Byपहिलो सुचना

२०७९ पुष २५, सोमबार १२:११ २०७९ पुष २५, सोमबार १२:११ २०७९ पुष २५, सोमबार १२:११

पुस २५, सुदुरपश्चिम् । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए । 

“सीमापारि भारतीय प्रहरी (कोतवाली)ले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ,” उनले भने ।

उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दूरीमा दुर्घटनामा परेको जनाइएको छ । नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारिबाट भारतीय बस आफूखुसी  चलाउने गरिएको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook