पुस १४, काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।
राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए ।
नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।
