पाकिस्तानका प्रधानमन्त्रीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

Byपहिलो सुचना

२०७९ पुष ११, सोमबार १३:१९ २०७९ पुष ११, सोमबार १३:१९ २०७९ पुष ११, सोमबार १३:१९

पुस ११, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै भने, “क्षेत्रीय साझेदारका रूपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ । हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook