प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

Byपहिलो सुचना

२०७९ पुष ११, सोमबार ०७:१७ २०७९ पुष ११, सोमबार ०७:१७ २०७९ पुष ११, सोमबार ०७:१७

पुस ११, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउने छिन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook