प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने

Byपहिलो सुचना

२०७९ पुष ४, सोमबार १४:३७ २०७९ पुष ४, सोमबार १४:३७ २०७९ पुष ४, सोमबार १४:३७

पुस ४, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन् ।

संघीय संसद सचिवालयले सूचना प्रकाशन गर्दै सांसदहरूलाई शपथ ग्रहणकालागि नयाँ बानेश्वरस्थित सांसद भवनमा दिउँसो १ बजे बोलाएको छ ।

शपथ ग्रहणमा आउँदा सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन आग्रह गरेको छ ।

सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदहरुलाई शपथको व्यहोरा अनुवाद गरि अनुवादसहित तीन दिन अघि नै उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

हेर्नेहोस् संघीय संसद सचिवालयको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook