पुष,२ क्यालिफोर्निया अमेरिका । अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था ‘तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया अमेरिका’ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार क्यालिफोर्नियाको रिचमण्ड गुम्बामा सम्पन्न भएको कार्यक्रममा संस्थाको महासचिव सुरज पाख्रीनले संस्थाको बार्षिक गतिबिधि बारे प्रतिवेदन सार्वजनिक गरेको थिए ।

सोहि कार्यक्रमबाट संस्थाको गत आर्थिक बर्षको आयव्याय तथा सस्थाले गत आर्थिक बर्षामा सम्पन्न गरेको कार्यक्रमहरुलाई छलफल गर्दै पारित गरेका थिए । साथै संस्थाको बर्तमान कार्यसमितिले आगमी आर्थिक बर्षामा सम्पन्न गर्ने कार्यक्रमहरुको योजना समेत सार्वजनिक गरेका छन । शेर लामाको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल डिसेम्बर ३१,२०२३ मा सकिने छ । अध्यक्ष लामाको अनुसार सस्थाले थुप्रै समुदायगत कार्यक्रमहरु सम्पन्न गरिसकेको र अर्को महत्वपुर्ण काम सम्पन्न गर्न लागेको समेत जानकारी दिए । जस अनुसार बे एरियामा बसोबास गर्ने तामाङ तथा बौद्द समुदायको सामाजिक कार्य गर्न चाहिने गुम्बा(सार्वजनिक भवन)निमार्ण गर्ने सपना चाडै पुरा हुने जानकारी गराउदै सस्थाले आगमी २१ फेब्रुवरी २०२३ मा ल्होछार कार्यक्रम सम्पन्न गर्ने, समर पिकनिक कार्यक्रम राख्ने र संस्थाको आर्थिक संकलनको लागि बिभिन्न कार्यक्रम हरु सञ्चालन गर्ने कुरा व्यक्त गरे ।
