घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

Byपहिलो सुचना

२०७९ पुष १, शुक्रबार २०:४८ २०७९ पुष १, शुक्रबार २०:४८ २०७९ पुष १, शुक्रबार २०:४८
Nepal Oil Corporation

पुस १, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।

शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १९० रूपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook