महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो भएसँगै बेलायती अर्थतन्त्रमा वृद्धि

Byपहिलो सुचना

२०७८ श्रावण २९, शुक्रबार ११:१८ २०७८ श्रावण २९, शुक्रबार ११:१८ २०७८ श्रावण २९, शुक्रबार ११:१८

साउन २८, लन्डन (बेलायत) । यस वर्षको अप्रिल–जुन त्रैमासमा बेलायती अर्थतन्त्र ४ दशमलव ८ प्रतिशतले बढेको छ । त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

लकडाउन खुकुलो भएर अधिकांश व्यवसायहरु पुनः सुचारु हुन थालेसँगै अर्थतन्त्रमा सुधार आएको हो । ओएनएसका अनुसार समीक्षा अवधिमा खुद्रा, रेष्टुराँ र होटल क्षेत्रले कुल गाहस्थ्य उत्पादन वृद्धिमा टेवा दिएको हो । दोस्रो त्रैमासमा विद्यालयहरु खुलेसँगै शिक्षा क्षेत्रले पनि अर्थतन्त्रमा टेवा दिएको छ । 

गत त्रैमासको वृद्धिदर केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ बीओईले अनुमान गरेको भन्दा थोरै कम हो । जुनसम्मको तीन महीनामा अर्थतन्त्र ५ प्रतिशतले बढ्ने बीओईको अनुमान थियो । पछिल्लो वृद्धिसँगै बेलायतको अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा ४ दशमलव ४ प्रतिशत सानो छ । 

पहिलो त्रैमासमा भने अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले खुम्चिएको थियो । पछिल्लो तथ्यांकले अर्थतन्त्र तीव्र दरमा पुनर्बहाली भइरहेको देखाएको बेलायती अर्थमन्त्री ऋषि सुनाकले बताए । अर्थतन्त्र यस वर्षको उत्तराद्र्धमा महामारी पूर्वको स्तरमा फर्किने अपेक्षा गरिएको क्यापिटल इकोनोमिक्सले बताएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook