२८ साउन, काठमाडौँ । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) अनुसार केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केसीले प्रदेश प्रमुख शेरचनको २४ घण्टा भित्र दाबी पेश गर्नुपर्ने आह्वान अनुसार ४२ सांसदको हस्ताक्षरसहित बिहान दाबी पेश गरेका थिए। उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलीत गठबन्धनको साथ छ।
मुख्यमन्त्री केसीले साँझ ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको छ। सपथ ग्रहण संगै उनले आजै सानो मन्त्रीमण्डल गठन गर्ने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।
मुख्यमन्त्री बन्न लागेका केसी रोल्पा क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका हुन्।
