रास्वपाले टुंग्यायो समानुपातिक सांसद, को को परे ?

Byपहिलो सुचना

२०७९ मंसिर २४, शनिबार २३:२५ २०७९ मंसिर २४, शनिबार २३:२५ २०७९ मंसिर २४, शनिबार २३:२५

मंसिर २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।

प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए ।

रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook