सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

Byपहिलो सुचना

२०७९ मंसिर २३, शुक्रबार १२:२७ २०७९ मंसिर २३, शुक्रबार १२:२७ २०७९ मंसिर २३, शुक्रबार १२:२७

मङ्सिर २३, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु. ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार दुई थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook