धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

Byपहिलो सुचना

२०७९ मंसिर १२, सोमबार १२:५३ २०७९ मंसिर १२, सोमबार १२:५३ २०७९ मंसिर १२, सोमबार १२:५३

मङ्सिर १२, धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमवल सात रेक्टर स्केलको भूकम्प गएको थियो।

केही दिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook