सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसकी खड्का विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ०९:२८ २०७९ मंसिर ७, बुधबार ०९:२८ २०७९ मंसिर ७, बुधबार ०९:२८

मङ्सिर ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएका छन्।

जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेका हुन्। 

खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन्।

उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याएका छन्।

एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन जितेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook