विश्वकप फुटबल: इरानमाथि इंग्ल्याण्डको सानदार जित

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार २१:३१ २०७९ मंसिर ५, सोमबार २१:३१ २०७९ मंसिर ५, सोमबार २१:३१ #विश्वकप फुटबल

मङ्सिर ५, दोहा । कतारमा जारी विश्वकप फुटबलमा सोमबार भएको खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । योसङै इंग्ल्याण्डले समूह ‘बी’ मा ३ अंक जोडेको छ ।

इंग्ल्याण्डबाट जुड बेलिङघमले पहिलो गोल गरे भने बुकायो साकाले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयमा प्राप्त पेनाल्टीबाट गरे ।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए ।

पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook