भक्तपुरमा ट्याङ्करले ठक्करबाट बालकको मृत्यु

Byपहिलो सुचना

२०७९ मंसिर ३, शनिबार १२:१३ २०७९ मंसिर ३, शनिबार १२:१३ २०७९ मंसिर ३, शनिबार १२:१३

मङ्सिर ३, भक्तपुर । भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय विवेश तामाङको मृत्यु भएको हो ।

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook