कात्तिक ३०, काठमाडौं । नेपाली टेलिभिजनले अतिरिक्त शुल्क लिएर विश्वकप फुटबल प्रत्यक्ष प्रसारण गर्न पाउने भएका छन् ।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्ती आदेश दिएको हो । यससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।
विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले ग्राहकहरुसँग पाँच सय रुपैयाँ तिरेर फुटबल लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ ।
विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।


