सर्वोच्चको आदेश- तोसिमा कार्कीको उम्मेदवारी कायमै

Byपहिलो सुचना

२०७९ कार्तिक २८, सोमबार २१:२९ २०७९ कार्तिक २८, सोमबार २१:२९ २०७९ कार्तिक २८, सोमबार २१:२९

कात्तिक २८, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा। तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ। निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको उम्मेदवारी कायमै रहने जानकारी दिए ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम गर्न आदेश दिएको सूचना अधिकारी ढकालले बताए । निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। कात्तिक १५ मा न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook