एमालेले बहुमत ल्याउँछ: सुवास नेम्वाङ

Byपहिलो सुचना

२०७९ कार्तिक २४, बिहीबार १०:२९ २०७९ कार्तिक २४, बिहीबार १०:२९ २०७९ कार्तिक २४, बिहीबार १०:२९ #संसदीय चुनाव

कात्तिक २४, इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् ।

मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङको थियो ।

इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर–घरमा पुगेको बताए ।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए ।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको भनाइ छ ।

नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाएका थिए ।

उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook